९३० सुकुमवासी परिवारले टिपाए नाम, हाेला त कुशल ब्यवस्थापन ?

मूलखबर संवाददाता
काठमाडौं, १५ बैसाख

सरकारले काठमाडौंको थापाथली, गैरीगाउँ र कागेश्वरी मनोहराको सुकुमवासी बस्ती खाली गराएपछि विस्थापित भएको भन्दै पुनःस्थापनाका लागि ९३० परिवारले नाम टिपाएका छन् । ती परिवारमा ३ हजार ९ सय ५७ जना सदस्य रहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, घरजग्गा नभएर सरकारको सहयोग चाहनेको नामावली संकलन दशरथ रंगशालामा गरिएको छ । त्यसक्रममा समस्यामा परेकालाई विभिन्न होटल, लजदेखि कीर्तिपुरस्थित राधास्वामी सत्संग नेपालको भवनसम्ममा राखिएको उनले बताए ।

‘आगामी १५ दिनभित्र उहाँहरूको कतै घरजग्गा भए, नभएकोदेखि सम्पूर्ण विवरणको कठोर स्क्रिनिङ हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यसपछि सबै जाँचमा यदि घरको कुनै सदस्यको नाममा समेत जग्गाजमिन रहेनछ भन्ने भयो भने व्यवस्थापन गरिनेछ ।’

विगतमा सुकुमवासी बस्ती खाली गराउने क्रममा झडप हुने गरेको भए पनि यसपालि कुनै अप्रिय घटना भएन । यद्यपि, ठूलो सुरक्षा उपस्थितिका कारण पीडित त्रसित थिए ।सरकारले शनिबार बिहानै ठूलो सुरक्षा उपस्थितिका बीच थापाथलीस्थित सुकुमवासी बस्ती खाली गराउने अभियान थालेको थियो । थापाथलीपछि नगर प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उपस्थितिमा तीनकुनेको गैरीगाउँमा समेत बस्ती खाली गराइएको थियो । विगतमा सुकुमवासी बस्ती खाली गराउने क्रममा झडप हुने गरेको भए पनि यसपालि कुनै अप्रिय घटना भएन । यद्यपि, ठूलो सुरक्षा उपस्थितिका कारण पीडित त्रसित थिए ।