नेकपा विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने निर्णयकाे विराेधमा उत्रिने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारद्वारा विद्यार्थी संगठनहरूलाई प्रतिवन्ध लगाउने निर्णयकाे विराेध गरेको छ । उसले स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।
खतिवडाले भने-`जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे जानकारी गराउँदै उनले भने, ‘यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।’





