मन्त्रीपरिषद विस्तार : उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनलेे आफुसँग राखेका दुइवटा मन्त्रालयमा आज नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
श्रममन्त्री रहेका दिपक कुमार शाहलाई हिजाे बर्खास्ती गरेपछि खालि भएको मन्त्रालयमा रामजी यादव र शुरूलरदेखी नै प्रधानमन्त्रीकाे मातहतमा राखेका उद्योग मन्त्रालयमा गाैरीकुमारी यादवलाई जिम्मेवारी दिएका हुन् ।





