आजबाट दुबै सदनकाे चालु अधिवेशन अन्त्य हुने, राष्ट्रपति पाैडेलले सम्वाेधन गर्दै

मूलखबर संवाददाता
काठमाडौं, २७ चैत

संघीय संसदकाे दुबै सदनकाे चालु अधिवेशन आजबाट अन्त्य हुने भएकाे छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।