श्रममन्त्री शाह १४ दिनमै भए बर्खास्त, यस्तो छ कारण
श्रम राेजगार मन्त्री दिपककुमार शाह १४ दिनमै बर्खास्तीमा परेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका हुन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।





