रास्वपा उपाध्यक्ष डिपि अर्याल सभामुख बन्ने, आज सभामुखकाे उमेदवारी दर्ता
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने चैत २२ गते गर्ने तालिका छ ।
संघीय संसद सचिवालयका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
रास्वपाले सभामुख पदमा पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ । रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । उनी सभामुख हुने निश्चित छ । रास्वपा प्रतिनिधि सभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित भएको हो ।





