भाेलीदेखि एसईई, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने, एक महिनामा नतिजा
भाेली चैत १९ गतेदेखि यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा शुरू हुँदैछ । यस वर्ष एक महिनामै परीक्षाफल प्रकाशित गर्ने याेजना नयाँ सरकारले बनाएको छ ।
जसकाे लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ। शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट पनि परीक्षण गर्ने व्यवस्था मिलाइने छ ।
यस वर्षको एसईई परीक्षाका लागि १ हजार ९६६ केन्द्र कायम गरिएको छ । ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए ।





