कांग्रेसमा फेरि विवाद : संस्थापन इतर पक्षकाे बैठक आज बस्दै
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।
आजकाे बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।





