सरकारकाे १०० कार्यसूचिमा समेटिएन शिक्षा ऐन

मूलखबर संवाददाता
काठमाडौं, १५ चैत

बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० कार्यसुचीमा शिक्षा विधेयककाे विषय नपरेपछि आलाेचना शुरू भएको  छ ।

सरकार निर्माण भएकाे दि नै क्याविनेट बैठकबाट पारित गरि भाेलीपल्ट सार्वजनिक गरिएको शाशकिय सुधारका लागि १०० कार्यसुचीमा सबै पक्षमा विषय समेटिएको भएतापनि हजारौं शिक्षकहरूले महिनाैंसम्म सडक आन्दोलन गरेका शिक्षकहरूकाे प्रमुख माग रहेको शिक्षा ऐन जारी गर्ने विषय कुनै पनि बुँदामा उल्लेख छैन ।

नेपालमा ५२ वर्ष अगाडिको शिक्षा विनियमावली हालसम्म ऐनकाे रूपमा आउन सकेकाे छैन ।