ओलीलाई स्वास्थ्य परिक्षणकाे लागि शिक्षण अस्पताल लगियाे, लेखक हिरासतमै

मूलखबर संवाददाता
काठमाडौं, १४ चैत

शनिबार बिहान सबेरै पक्राउ गरिएका पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ ।

भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि उनलाई  काठमाडौं भद्रकालीस्थित प्रहरी परिसरमा पुर्याइएकाे थियाे ।

उनलाई अहिले शिक्षण अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।

आजै पक्राउ गरिएका पुर्व गृहमन्त्री रमेश लेखकलाई भने भद्रकाली परिसरकै हिरासतमा राखिएको बताइएको छ ।