पुर्व गृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, १४ चैत

जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

बालेन नेतृत्वको सरकारकाे मन्त्री परिषदकाे पहिलो बैठकले गाैरीबहादुर कार्कीको संयाेजकत्वमा गठीत छानविन आयाेगकाे सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियाे । जस अनुसार लेखकलाई पक्राउ गर्न गृहमन्त्री सुदन गुरूङले प्रहरी प्रमुखहरू र कानुन सचिवसँग रातभर छलफल  गरि निर्देशन दिएका थिए ।

सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए। उनलाई ५:४० मा पक्राउ गरिएको हाे ।