पूजापाठ गरी बालुवाटार सरे प्रधानमन्त्री बालेन

मूलखबर संवाददाता
काठमाडौं, १३ चैत

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।  मध्यान्ह १२:३४ मा  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका बालेनले २:१५ मा पदभार ग्रहण गरेका थिए ।

वैदिक परम्पराअनुसार पूजापाठ गरी बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्।

प्रविधिकाे उपयाेग गरी निर्वाचन जित्ने र सबै काम प्रविधिमै अाधारित भएर काम गर्ने युवाकाे उपमा पाएका बालेनले प्रधानमन्त्रीकाे सपथ देखि प्रधानमन्त्रीकाे कुर्ची र बालुवाटार सर्न समेत लगन र साइत जुराएर गर्न थालेपछि नागरिकहरू अचम्मित परेका छन् ।