सरकारले सार्वजनिक नगरेपछि मिडियाबाट लिक भयाे आयाेगकाे प्रतिवेदन, हेराैं पूरा पाठ

मूलखबर संवाददाता
काठमाडौं, १२ चैत

भदौ २३ र २४मा भएको जेनजी आन्दोलनमा घटेका सबै घटनासम्बन्धी जाँचबुझ गर्न गठीत गाैरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि सञ्चारमाध्यममार्फत सार्वजनिक भएको छ ।

चाेरबाटाेबाट सार्वजनिक भएको  साे प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा चार सैनिक अधिकारीलाई पनि कारबाही गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको आयोगले नेपाल प्रहरी एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई कारबाही सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीतर्फ एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि कारबाही सिफारिस गरिएको छ । पौडेल तत्कालीन अपरेशन कमाण्डर थिए भने श्रेष्ठ सशस्त्र प्रहरीको काठमाडौं बाहिनीपति थिए । केसीचाहिँ विपद् उद्दार सिनामंगलमा कार्यरत थिए ।

जाँचबुझ आयाेगकाे प्रतिवेदनकाे पूरा पाठ-

aayog_pratibedan