कांग्रेस इतिहासकै गम्भीर माेडमा, पुनर्जीवन सम्भव छ ?

मूलखबर संवाददाता
काठमाडौं, ९ चैत

नेपाली कांग्रेस इतिहासकै गम्भिर मोडमा पुगेको छ । विशेष महाधिवेशनबाट पुरानाे नेतृत्व पंक्तिलाई अपदस्त गरि सभापति बनेका गगन थापाले हालै सम्पन्न निर्वाचनमा कांग्रेसको सर्मनाक हारपछि दिएकाे राजिनामाले कांग्रेस झन खराब अवस्थामा पुगेकाे विश्लेषण गरिएको छ ।

नेता कार्यकर्ताहरुले एकअर्का प्रति विश्वास दिलाउन सकिरहेका छैनन् । निर्वतमान सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेसन मार्फत् नेतृत्वमा आएका सभापति गगन थापा पक्ष आआफ्नै ढंगले अघि बढिरहनु मुख्य समस्याको कारण बनेको छ ।

फागुन २१ मा सम्पन्न चुनावी हारले वर्तमान कांग्रेस नेतृत्व पंक्ति गम्भिर समिक्षामा जुटेको दाबी गरिरहेको छ । तर हारकै कारण थापाले राजीनामा बुझाएर आफू बैठकमा अनुपस्थित रहे । नेतृत्वबाट राजीनामा दिएर नैतिक जिम्मेवारीबाट पन्छिन खोजेका गगन पार्टी अफिस फर्किएका छैनन् ।

उनी बाहेक अन्य नेताहरु भने बैठक मार्फत् समस्याको समाधान खोजिरेहका हुन् । गगनले राजीनामा दिए पनि देउवा पक्षधर नेताहरु सानेपा बैठकमा उपस्थित छैनन् । यसअघिको जस्तो पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिडभाड पनि छैन ।

भदौँ २४ को आन्दोलनको चपेटामा परेको पार्टी कार्यालय पुर्ननिर्माण त भइरहेको छ तर पार्टी पुननिर्माण कहिले भन्ने प्रश्न उब्जिएका छन् । यसले कांग्रेसको आगामी भविष्य अन्योलग्रस्त अवस्थामा पुगेको छ ।

केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाकाे राजिनामा अस्विकार गरिसकेकाे छ तर थापा सभापतिकै जिम्मेवारीमा फर्कन खाेजिरहेका छैनन् ।