अन्ततः इरानी तेल विक्रि गर्न अमेरिकाकाे अस्थायी अनुमति
अमेरिकाले बढ्दो तेलको मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप समुद्रमा रहेको इरानको तेल खरिद-बिक्री गर्न ३० दिनको अस्थायी अनुमति दिएको छ ।
अमेरिकाले जहाजहरूमा लोड गरिएका इरानी कच्चा तेल र पेट्रोलियम पदार्थहरूको बिक्री गर्न आगामी १९ अप्रिलसम्मका लागि अनुमति दिएको हो । यो अनुमतिसँगै करिब १४ करोड (१४० मिलियन) ब्यारेल कच्चा तेल विश्व बजारमा आउने अपेक्षा गरिएको छ । बढ्दो ऊर्जा मूल्य घटाउन र आपूर्तिमा आएको दबाब कम गर्न सहयोग पुर्याउने दाबी गरिएको छ ।
समुद्रमा रोकिएको इरानी तेल बिक्री गर्न सीमित र छोटो अवधिको अनुमति जारी गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।





