बढ्याे नेप्से, २१ अर्ब नाघ्याे काराेबार

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

शेयर परिसूचक नेप्से बढेकाे छ । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । वृद्धिपछि नेप्से परिसूचक आज २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।

बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।