जेनजी आन्दोलनबारे प्रतिवेदन नयाँ सरकार गठनपछि मात्रै अगाडि बढ्ने
जेनजी अान्दाेलनकाे दमन र विध्वंशका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाइ प्रतिवदन बुझाइसकेकाे छ ।
भदौमा भएको नवयुवाहरूको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषयमा आमचासो बढेको देखिएका बेला सरकारका मुख्यसचिवले नयाँ सरकार आएपछि मात्रै उक्त प्रतिवेदनको प्रक्रिया अघि बढ्ने बताएका छन्।
सरकारका मुख्य सचिव सुमनराज अर्यालले साे प्रतिवेदनबारे सबै विषय नयाँ सरकार गठनपछि मात्रै अगाडि बढाइने बताएका छन् र
सरकारले प्रतिवेदन सार्वजनीक नगरेकाे भनेर जेनजी अान्दाेलनमा सहभागि युवाहरूले माइतिङरमा नियमित प्रदर्शन गरिरहेका छन् ।
“उक्त प्रतिवेदनबारे आमचासो छ र त्यो हुनु स्वाभाविक पनि हो,” मुख्यसचिव सुमनराज अर्यालले भने, “अब सातआठ दिन त हो नि, १०/१२ गतेतिर नयाँ सरकार बन्ला। त्यसपछि यो (प्रतिवेदन) अगाडि जान्छ।”
केही दिनअघि मात्र गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको प्रतिवेदन बुझेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले त्यसलाई सार्वजनिक गर्ने ठानिएको थियो।
प्रतिवेदन सार्रवजनीक गर्नकाे लागि राजनीतिक दल र नागरिक समाजबाट पनि सरकारलाइ दबाब बढिरहेकाे छ । तर प्रधानमन्त्री शुशिला कार्कीले कसकाे दबाबमा परेर हाे प्रतिवेदन सार्वजनीक गर्न चाहिरहेकी छैनन् ।





