इनिशा विकलगायत देशभरका महिला हिंसाविरूद्व महिला संगठनले बुझाए ज्ञापनपत्र
सुर्खेत नगरपालिकामा १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनालगायत देशभरका महिला हिंसाका घटनाप्रति अखिल नेपाल महिला संघ (समाजवादी) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएका छन्।
उनीहरूले मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश गर्दै घटनाकाे सत्यतथ्य छानविन गरि दाेषीमाथि कडा कार्वाहीकाे माग गरेका छन् । साे कार्यक्रम अनेमसंघ क्रान्तिकारीकाे केन्द्रीय समिति, अनेमसंघ समाजवादीकाे केन्द्रीय समिति र अनेमसंघ क्रान्तिकारी सम्पर्क समन्वय समितिकाे संयुक्त आयाेजना र सहभागीतामा भएको थियाे ।

ज्ञापन पत्रमा उक्त घटनालाई जघन्य अपराधको संज्ञा दिइएकाे छ । साथै पछिल्ला दिनहरूमा सिरहाकाे ओैरही, रूकुम पश्चिम लगायत देशका विभिन्न स्थानमा महिला तथा किशोरीमाथि हिंसा, बलात्कार र हत्याका घटना सार्वजनिक भइरहेकाले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
महिलाहरूले यस्ता घटना केवल व्यक्तिगत अपराध नभई पितृसत्तात्मक सोच, लैङ्गिक विभेद, आर्थिक–सामाजिक असमानता र दण्डहीनताको उपज भएको बताएका छन्। उनीहरूले संविधानले महिला तथा बालबालिकाको संरक्षण, समान अवसर र सुरक्षाको प्रत्याभूति गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन्।
उनीहरूले इनिशा बिकमाथिको घटनासहित उल्लेखित सबै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक र दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यस्तै, महिला तथा किशोरीमाथि हुने हिंसा नियन्त्रण, पीडितलाई राहत र न्याय सुनिश्चित गर्न तथा समाजमा लैङ्गिक समानताको वातावरण निर्माण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ।
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई पेश गरिएको ज्ञापनपत्रमा अखिल नेपाल महिला संघ (समाजवादी) की अध्यक्ष मुनु सिग्देल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष दामा शर्माले हस्ताक्षर गरेका छन्।
पत्रकाे पूरा पाठ-






