गाेरखा माइक्रो दुर्घटनामा मृत्यु हुने चालक सहचालकबाहेक सबै भारतिय
गोरखामा शनिबार साँझ भएको माइक्रो बस दुर्घटनामा परेर मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ। मनकामना दर्शन गरेर फर्किएका भारतिय तिर्थयात्री सवार साे माइक्रो दुर्घटनामा परेको थियाे ।
मृत्यु भएकाहरू ७ जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
उनका अनुसार भारत घर भएका ५८ वर्षीय मुतुकुमार, ५८ वर्षीय अनाम लिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीया बिजायल, ५८ वर्षीया मिना, ६० वर्षीया तमिलारशीको मृत्यु भएको हो।
उक्त गाडीमा चालक र सहचालकसहित १६ जना (११ महिला ५ पुरूष) सवार थिए। जसमा चालक र सहचालकबाहेक अरू सबै भारतीय नागरिक रहेको उनले जानकारी दिए।
मनकामना दर्शन गरेर फर्किएकाहरू सवार गाडी शनिबार बेलुकी दुर्घटनामा परेको थियो।
बाग्मती प्रदेश १-००६ ख ८४३० नम्बरको गाडी दुर्घटनामा परेको हो।९ जना घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर छ।
घाइते हुनेमा चालक लमजुङ सुन्दरबजार नगरपालिका-१ का ४६ वर्षीय पुष्षमल्ल ठकुरी, सहचालक लमजुङ बेशीशहर नगरपालिका-३ बस्ने २९ वर्षीय सन्तोष गुरूङ छन्।
त्यस्तै यात्रु भारतीय ६२ वर्षीय सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी, ३४ वर्षीया मीनाक्षीको उपचार भइरहेको छ।





