मनकामनाबाट फर्कँदै गरेकाे माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु

मूलखबर संवाददाता
गाेरखा, ३० फागुन

मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृतक दुई महिला र पाँच पुरुष मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

गोरखाको सहिद लखन–३ कान्टारमा सडकबाट करिब डेढ सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।

माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री र चालक र सहचालक गरी १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

घाइते ७ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको छ ।