श्रम संस्कृति पार्टीले टुंगायाे ४ जना समानुपातिक सांसदकाे नाम
हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा थ्रेस हाेल्ड पार गरि पहिलोपटक नै राष्ट्रिय पार्टी बनेकाे साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको थियाे ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्राैला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुंगाे लगाएकाे हाे ।




