नेकपा संयाेजक प्रचण्डसहित ७ जना निर्वाचित

मूलखबर संवाददाता
काठमाडौं

प्रतिनिधि सभाकाे निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उमेदवार बनेका ७ जनाले विजय प्राप्त गरेका छन् ।

पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्डसहित ७ जना मात्रै निर्वाचित हुन सफल भएका हुन्  । पार्टीका तर्फबाट १६४ जना उमेदवार रहेका थिए ।

पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्ड रूकुम पुर्वबाट, वर्षमान पुन राेल्पाबाट, महेन्द्र बहादुर शाही कालिकाेटबाट, गाेपाल शर्मा रूकुम पश्चिमबाट, रमेश मल्ल सल्यानबाट, युवराज दुलाल सिन्धुपाल्चोक २ बाट र धनबहादुर बुढा डाेल्पाबाट निर्वाचित भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी तत्कालीन नेकपा माओवादी केन्द्रमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सहित विभिन्न २६ वाम दल, घटक र समूह मिलेर बनेकाे पार्टी हाे ।

२०६४ सालपछि यता साे पार्टीले पहिलोपटक सबै निर्वाचन क्षेत्रमा एकल उमेदवारी दिएकाे थियाे ।