फेसबुक बन्द गर्नु ओली सरकारको दुर्भाग्य: देब गुरुङ

मूलखबर संवाददाता
लमजुङ, ८ फागुन

नेपाली  कम्युनिस्ट पार्टि लमजुङको चुनाबी घरदैलो तथा जन भेटघाट कार्यक्रममा बोल्दै पार्टीका सचिवालय सदस्य देब गुरुङले तत्कालिन केपि ओलि सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गराउनुदुर्भाग्य भएको जिकिर गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै युवाहरुलाई लक्षित रोजगारिका कार्यक्रम पनि नल्याउने र फेसबुक मार्फत स्वरोजगार मा लागि रहेका युवाहर र रोजगारिका लागि बैदेशिक रोजगारिमा गएका आफ्ना परिवारहरु सग बोल्न नपाउने अबस्था आउँदा भाद्र २३ गते युवाहरुले सामान्य आक्रोश पोखेका थिए । त्यही आक्रोशलाई मत्थर पार्न तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिले बल प्रयोग गर्दा ७६ जनाको हत्या भयो ।

जनताका भावना अनुसार राज्य र दलहरु नलाग्दा भित्रभित्रै बिद्रोहको आगो सल्किरहेको र त्यही आगो भाद्र २४ गते बिद्रोहकोरुपमा विस्फोट भएको उहाले बताउनुभयो । आन्दोलनमा बिदेशी शक्तिहरुले खेल्ने अबसर पाए । त्यसैले बिदेशी हस्तक्षेप रोक्न अहिलेको प्रतिनिधि सभा निर्वाचन हो । निर्वाचनमा बैदेशिक हस्तक्षेप रोक्न र भ्रस्टाचारिहरुलाई रोक्न सबैले तारा चिन्हमा मतदान गर्नुपर्ने भन्दै मतदाताहरुलाई अनुरोध गर्नुभएको छ!