नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच
नेपाल विकसित राष्ट्रकाे क्रममा उभिन अझै ५ वर्ष लाग्ने अनुमा गरिएको छ । विकासका पुर्वाधारहरूकाे सुचक हेर्दा त्याे दिशामा छ ।
नेपालका घरधुरी र विभिन्न उमेर समूहका व्यक्तिबीच स्मार्टफोन र इन्टरनेटको पहुँच उच्च रहे पनि प्राविधिक सीप र डिजिटल साक्षरताको स्थिति अत्यन्तै कमजोर पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको छ ।
व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप, ट्याबलेट) को स्वामित्व भने १६.८ प्रतिशतमा सीमित छ । यसले ‘मोबाइल–फर्स्ट’ अर्थतन्त्रको झल्को दिए पनि प्रविधिको आधारभूत ज्ञान र सीपसँगै उत्पादनमूलक कार्यमा सूचना प्रविधि प्रयोग न्यून रहेको विश्लेषण गर्न सकिन्छ ।
सर्वेक्षणअनुसार डेटा व्यवस्थापन र व्यावसायिक कार्यका लागि आधारभूत मानिने स्प्रेडसिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसंख्या १०.२ प्रतिशत मात्र छ । कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसंख्या त झनै कम ३.१ र डकुमेन्ट वा डिभाइसहरूबीच तथ्यांक वा सामग्री कप–पेस्ट गर्न सक्ने २४.२ प्रतिशत भएको खबर कान्तिपुरमा छ ।




