ओली झापामा केन्द्रीत हुँदा एमालेकाे देशभर प्रचार अभियान प्रभावित
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे निर्वाचन क्षेत्र झापा ५ मा चुनाव लड्न काठमाडौं महानगरपालिका मेयर बालेन शाह समेत पुगेपछि एमालेकाे केन्द्रीय प्रचार अभियान नै प्रभावित बनेको छ ।
केन्द्रीय अध्यक्ष ओली आफ्नो क्षेत्रमा निर्वाचनमा केन्द्रीत हुँदा देशभरका निर्वाचन क्षेत्रमा प्रचार र परिचालन कमजोर भएको उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले स्वीकारेका छन् । उनलेे झापा ५ मा अध्यक्ष केन्द्रीत हुँदा देशभर अध्यक्ष पुग्न नसकेपछि भनेजस्तो परिणाम आउन नसक्ने बताए ।
ओली मनाेनयन दर्तापछि ३ पटक निर्वाचन क्षेत्र पुगिसकेका छन् भने काठमाडौं उपत्यका र झापा बाहेक अन्यत्र जान सकेका छैनन् ।
बालेनकाे आक्रामक प्रचार शैैली र गतिले ओलीकाे राजनीतिक भविष्य अँध्यारो बन्न सक्ने आंकलन गर्न थालिएको छ । साे क्षेत्रमा नेकपाका युवा उमेदवार रञ्जित तामाङले आफ्नो प्रभाव र प्रचार निरन्तर बढाइरहेका छन् ।
प्रमुख प्रतिस्पर्धामा रहेका दल मध्ये नेकपाका उमेदवार तामाङ रैथाने उमेदवार भएको अनुभूत त्यहाँका मतदाताले गरेका छन् । उनीहरूका अनुसार एमाले अध्यक्ष ओली नियमित रूपमा झापा बस्न सक्दैनन् भने बालेन त झन पर्यटक उमेदवार हुन् ।




