काे हुन् लमजुङका प्रतिनिधिसभा सदस्यका उमेदवार हरि जंग तामाङ (माईला) ?
फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङ जिल्लाबाट स्वतन्त्रसहित १२ जना उमेदवार मैदानमा छन् । त्यसमध्ये प्रमुख राजनीतिक दलमध्ये नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उमेदवार बनेका युवा हुन् हरिजङ तामाङ । यसपटककाे निर्वाचनमा सबै भन्दा धेरै मतदाताकाे ध्यान तानेका उमेदवार तामाङ काे हुन्, उनकाे बारेमा संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएकाे छ ।

उम्मेदवार परिचय
हरि जंग तामाङ (माईला) लमजुङ जिल्लाको बेशिशहर नगरपालिका वडा नं. १०, साधु म्रोचे निवासी एक सक्रिय, शिक्षित तथा समाजप्रति समर्पित व्यक्तित्व हुनुहुन्छ। हाल उहाँ बेशिशहर नगरपालिका वडा नं. ८, शेरामा बसोबास गर्दै आउनुभएको छ। ३५ वर्षको उमेरमै उहाँले शिक्षा, समाजसेवा र राजनीतिमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। पुरुष लिङ्गका उहाँ विवाहित हुनुहुन्छ, उहाँका एक छाेरा र एक छाेरी रहेका छन् । उहाँ सामाजिक उत्तरदायित्वप्रति सचेत नागरिकका रूपमा परिचित हुनुहुन्छ।
शैक्षिक पृष्ठभूमि
शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधार ठान्ने हरि जंग तामाङले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहमा कानुन (एल.एल.बी.) अध्ययन गर्नुभएको छ। साथै, उहाँले समाजशास्त्र तथा राजनीतिकशास्त्रमा स्नाकोत्तर तह त्रिभुवन विश्वविद्यालयबाटै पूरा गर्नुभएको छ। आदिवासी तथा जनजाति समुदायको शिक्षा र विकासलाई विशेष प्राथमिकतामा राख्दै उहाँले काठमाडौं विश्वविद्यालयको School of Education बाट Master in Indigenous Education & Development समेत हासिल गर्नुभएको छ। हाल त्रिभुवन विश्वविद्यालयबाट M.Phil. (Political Science) पूरा गरिसक्नु भएको छ र PhD Scholar का रूपमा उच्च अध्ययनमा संलग्न रहनुभएको छ। यस शैक्षिक यात्राले उहाँलाई नीतिगत सोच, समावेशी विकास र सामाजिक न्यायका विषयमा गहिरो दृष्टिकोण प्रदान गरेको छ।
सामाजिक योगदान
हरि जंग तामाङ विभिन्न सामाजिक संस्थामार्फत समुदायको विकास र सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ आदिवासी जनजाति जिल्ला समन्वय समिति, लमजुङका अध्यक्ष रहनुभएकाे छ भने प्रदेश अस्पताल व्यवस्थापन समिति, लमजुङ (बेशिशहर) का निवर्तमान अध्यक्ष रहनभएकाे छ । त्यसैगरी बृद्धि विकास प्राथमिक विद्यालय, साधु म्रोचेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर काम गर्नुभएका उहाँ तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष रहनुभएकाे छ । त्यसैगरी जिल्ला खेलकुद विकास समिति, लमजुङका कोषाध्यक्ष जस्ता जिम्मेवारीपूर्ण पदमा रही सेवा गर्नुभएकाे छ।
यी भूमिकामार्फत उहाँले शिक्षा, स्वास्थ्य, आदिवासी जनजाति अधिकार र युवाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।

राजनीतिक संलग्नता तथा योगदान
राजनीतिक रूपमा पनि हरि जंग तामाङ सक्रिय र प्रतिबद्ध नेता हुनुहुन्छ। उहाँ नेपाली कम्युनिस्ट पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ। जनताको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको उहाँ २०८२ सालको प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वार रहनुभएकाे छ । शिक्षित, अनुभवी र जनसरोकारमा आधारित नेतृत्वमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको स्पष्ट दृष्टिकोण रहँदै आएको छ।

तामाङसँग लमजुङकाे समग्र विकास र समृद्दिकाे स्पष्ट खाका रहेकाे छ भने संविधान रक्षा, सुशाशन र सामाजिक न्याय एवम् जिल्लाकाे विकासकाे दृढ प्रतिवद्दता रहेकाे छ ।





