प्रतिनिधि सभा सदस्य निर्वाचन, देशभर कुन क्षेत्रमा कति मतदाता ?

मूलखबर संवाददाता
काठमाडौं, २१ माघ

आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।

निर्वाचन आयोगका अनुसार यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार (माघ २०) आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । रामेछाप एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । अर्घाखाँची पनि एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ । मनाङमा पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।

हेराैं क्षेत्रगत मतदाता संख्या–

https://mulkhabar.com/wp-content/uploads/2026/02/matdata-suchi-082-1770104795-1.pdf