साेसल मिडियाबाट स्टण्टबाज गरेर भ्रम छर्ने काम भएको छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंस्थित पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाए ।
घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ ।
साे अवसरमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी , नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी बोलिट ब्युरो सदस्य भिम चाँपागाईको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।




