हरिबाेल गजुरेलसहित सातजनालाई नेकपाले गर्याे कार्वाही
नेपाली कम्युनिस्ट पार्टीले पार्टीकाे निर्णय र निर्देशन नमानी बागी उमेदवार दिने र प्रस्ताव र समर्थन गर्ने ७ जना नेतालाई कार्वाही गरेको छ ।
पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव कुमार नेपालले हस्ताक्षर गरेर सचिवालय सदस्य हरिबाेल गजुरेल, कुल प्रसाद केसीलगायत ७ जना नेताहरूलाई आज कार्वाही गरेका हुन् ।
त्यसरी साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरिएका नेताहरूमा हरिबाेल गजुरेल, कुल प्रसाद केसी, महेश्वर दाहाल, मेजर राई, धर्मनाथ शाह, राजकुमारी शाह, जिवछ शाह रहेका छन् । जसमध्ये महेश्वर दाहाल सिन्धुली २ मा स्वतन्त्र उमेदवार बनेका छन् भने उनकाे प्रस्तावकमा गजुरेल बसेका छन् ।
त्यसैगरी दाङका कुलप्रसाद केसी स्वतन्त्र उमेदवार बनेका छन् भने मेजर राइले उदयपुरमा स्वतन्त्र उमेदवारी दिएका छन् ।





