नेकपा एमालेकाे सिंगाे जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा मिसियाे

मूलखबर संवाददाता
काठमाडौं, ९ माघ

नेकपा एमालेकाे ओखलढुंगा जिल्लाकाे सिंगाे जिल्ला कमिटि नै एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।

प्रतिनिधिसभाकाे उमेदवार चयनमा पार्टी अध्यक्ष केपी ओलीले जिल्ला कमिटीको सिफारिसलाई लत्याउँदै अस्मिता थापालाई प्रतिनिधिसभाकाे उमेदवार बनाएपछि त्यसकाे विराेधमा उनीहरूले पार्टी परित्याग गरेका थिए ।

एमाले जिल्ला कमिटीले सिफारिस गरेका अम्बीर बाबू गुरूङ केही दिन अघि विद्राेह गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए भने उनलाई नेपाली कम्युनिस्ट पार्टीले उमेदवारकाे टिकट पनि उनैलाइ प्रदान गरेको थियाे ।आज राजधानी

काठमाडौंकाे सुकेधारामा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयाेजक माधव कुमार नेपालकाे उपस्थितिमा गुरूङसहित एमाले ओखलढुंगाका सिंगाे जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा समायाेजित भएको घाेषणा गरिएको हाे ।

साे कार्यक्रममा जिल्ला कमिटी, लेखा समिति सबै समायाेजन भएको बताइएको थियाे ।

समायाेजनमा प्रवेश गरेका सबैलाई प्रचण्डले माला र टीका लगाएर स्वागत गरेका छन् ।