पुर्व प्रधानमन्त्री डा.भट्टराईद्वारा उमेदवारी फिर्ताकाे घाेषणा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा गाेरखा क्षेत्र नं २ मा उमेदवार दर्ता गरेका पुर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।
उनले गोरखा- २ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफूनिकटका केही नेतासँग छलफल गरेपछि फिर्ता लिने निर्णयमा पुगेका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले फिर्ता लिने निर्णय गरेको कुरा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै जानकारी दिएका हुन्।
भट्टराई यसअघि गोरखा- २ बाट निर्वाचित भइसकेका हुन्। २०७९ को निर्वाचनमा उनले प्रचण्डलाई सहयोग गर्दै उम्मेदवारी नदिने बताएका थिए। यस पटक पनि सुरुमा चुनाव नलड्ने योजना थियो, तर मनोनयनको दुई दिनअघि गोरखा पुगेका थिए।
हालसम्म उनले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्नेबारे घोषणा गरेका छैनन्। गोरखा २ मा अन्य उम्मेदवारमा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रहेका छन्।




