प्रचण्डले गरे रूकुमपुर्वमा मनाेनयन दर्ता
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूकुम पुर्वमा प्रतिनिधिसभा सदस्यकाे उमेदवार मनाेनयन दर्ता गराएका छन् ।
आज निर्धारित समयमा र्यालीसहित उनले उमेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।
‘हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट मैले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छु । यसै अवसरमा देशैभरि तारा चुनाव चिह्न लिएर आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।’




