हेराैं समानुपातिक उमेदवारकाे बन्द सूची, माघ १० सम्म दावी विराेध गर्न सकिने
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको ६३ वटा दलले पेश गरेकाे ३२१३ जनाकाे अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको निर्वाचन आयाेगले जनाएकाे छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज सार्वजनिक गरी आयोगको वेबसाइट राखेको हो ।
आयाेगले सार्वजनीक गरेकाे सुचीमा याेग्यतासम्वन्धी कुनै दावी विराेध भएमा माघ १० गतेसम्म निर्वाचन अायाेगमा उजुरी गनर् सकिने बताएकाे छ ।
यस्ताे छ बन्द सुची




