नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बीच सम्झौता

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन र विक्रि गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक श्री चिन बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरूबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।