काठमाडौं मेयर बालेन शाहले दिए राजिनामा, डंगोल कार्यवाहक

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पदबाट राजिनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा उमेदवारी दिने निर्णय भएपछि उनलेे राजिनामा दिएका उनकाे सचिवालयले जनाएको छ ।

उनले महानगरकी उपमेयर सुनिता डंगोललाई राजिनामा दिएका हुन् । उनले राजिनामा दिएपछि काठमाडौं महानगरपालिकाकाे कार्यवाहक मेयरकाे जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छिन् ।

बालेनले यसपटक पुर्व प्रधानमन्त्री केपी ओलीले जितिरहेकाे झापा क्षेत्र नं ५ मा निर्वाचन लड्ने निर्णय गरेका बताइएको छ।