निर्वाचनसम्वन्धी कार्यक्रम स्थगित गर्न माग गर्दै देउवा पक्ष सर्वाेच्चमा

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आयोगका कार्यक्रम स्थगन गर्न नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले माग गरेका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दिएका देउवा पक्ष उक्त रिट समावेश गरी निर्वाचन कार्यक्रम स्थगन गर्न माग गर्न निर्वाचन आयोग पुगेका हुन्।

देउवा पक्षले आज सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेका छन्।