प्रतिनिधिसभाकाे चुनाव लड्न राष्ट्रिय सभाका ३ ले दिए राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ

फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभामा उम्मेदवारी दिनका लागि ३ जना राष्ट्रिय सभा सदस्यले राजिनामा दिएका छन् ।

निर्वाचन लड्नकाे लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) नेता नारायणकाजी श्रेष्ठ,  नेकपा (एमाले)का नेता भगवती न्याैपाने र बामदेव गाैतमले राजिनामा गरेका हुन् ।

श्रेष्ठले सर्लाही ५ बाट नेकपा बाट, गाैतमले बर्दिया २ मा नेकपा बाट र न्याैपानेले तनहुँ १ बाट उमेदवारी दिने भएका छन् ।