देबेन्द्र पौडेललाई नेकपाले बनायाे नवलपरासी-२ को उमेदवार
नेपाली कम्युनिष्ट पार्टीले पुर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललाई नवलपरासी पश्चिमको क्षेत्र नं २ को उमेदवार बनाएको छ ।
यस अघि बागलुङ २ बाट भार मतान्तरले विजयी बनेका पुर्व शिक्षा मन्त्री पौडेललार्य पार्टी संयोजक पुष्पकमल दाहालले नवपरासी पश्चिम क्षेत्र नं २ मा उमेदवा बन्नेको लािग पार्टीको तर्फबाट आज टिकट दिएका हुन् ।
उमेदवारकाे टिकट प्राप्त गरेपछि पौडेलले लेखेका छन् – ‘पश्चिम नवलपरासी-२ मा चुनावी प्रतिस्पर्धाका निम्ति पठाउनुभएकोमा आदरणीय संयोजकलगायत पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
पौडेलले शिक्षा मन्त्री हुँदा शिक्षा विधयेकलाई निश्कर्षमा पुर्याउनको लाग महत्वपूर्ण भुमिका खेलेका थिए । त्यसैगरी उनले नेपाल विश्वविद्यालय स्थापनालगायतका विषयमा महत्वपूर्ण पहलकदमी लिएका थिए भने त्रिभुवन विश्वद्यिालयमा मेरिटोक्रेसी कायान्वयन गराउन पनि उनको भुमिका रहेको थियो ।
पौडेल ततकालिन नेकपा माओवादले शुरु गरेको जनयुद्धमा समेत केन्द्रीय सदस्य रहेका थिए ।




