विशेष महाधिवेशनबाट बनेकाे गगन नेतृत्वको नेपाली कांग्रेसले पायाे मान्यता

मूलखबर संवाददाता
काठमाडौं, २ माघ

निर्वाचन आयाेगले विशेष महाधिवेशनबाट गठन भएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएकाे छ ।

आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगको कानुन शाखाका स्रोतका अनुसार विशेष महाधिवेशन पछि चयन भएको नेतृत्वलाई अद्यावधिक निर्णय गरेको हो ।

२७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो ।

यससँगै नेपाली कांग्रेसकाे महाधिवेशन विवाद समाप्त भएको  छ ।