जसपा उपाध्यक्ष थापासहित नेताहरू नेकपामा समायाेजन

मूलखबर संवाददाता
काठमाडौं, २८ पुस

जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा केन्द्रीय कार्यलयका अनुसार जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष) का उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएका छन् ।

नवप्रवेशी तथा समायोजनमा सहभागी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव कुमार नेपाल लगायतले स्वागत गरेका छन् ।