नेप्से परिसूचक घट्याे, २६३५ कायम
साताको कारोबारको दोश्रो दिन सोमबार सेयरकाे नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५.०० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।




