विशेष महाधिवेशनको बन्दसत्र आज, कांग्रेस के हाेला ?

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसका दाेश्राे  विशेष महाधिवेशन हिजाेदेखी राजधानीमा जारी छ । आइतबार अपरानहदेखी शुरू भएकाे महािधवेशन साँझ ८ बजेसम्म चलेकाे थियाे । संस्थापन पक्षाका नेताहरू सबै अनुपस्थित रहेकाे  विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।

उदघाटन सत्रमा सभापत, कार्यवाहक सभापतिलगायतका नेताहरू नआए पनि आज बन्दसत्रमा उन सक्ने  सहभागिहरूले अपेक्षाा गरेका छन् । उदघाटन सत्रमा बाेल्दै गगन थापाले महाधिवेशनले नेता र नीति दुबै फेर्न सक्ने बताउका छन् ।

यदि उनले भनेजस्तै महाधिवेशनले नेता र नीति फेर्ने हाे भने कांग्रेस अाैपचारिक रूपमा फुटतिर जानेछ किनभने संस्थापन पक्षल याे महाधिवेशनलाइ अबैध र साधारणा भेला मात्रै मानेकाे छ र उसले सहभागकाे संख्या बढाएर देखाइएकाे दावी पनि गरेकाे छ ।

कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।

बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताउनुभयो ।

बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।