कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आजदेखी

मूलखबर संवाददाता
काठमाडौं, २७ पुस

नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आज आइतबारबाट काठमाडौंकाे भृकुटीमण्डपमा सुरू हुँदै छ।

महाधिवेशनकाे मिति विवादमा ३ महिनादेखी अल्झिरहेकाे कांग्रेसको नियमित महाधिवेशन गर्न संस्थापन पक्ष तयार नभएको भन्दै इतर पक्षले विशेष महाधिवेशन आयोजना गरेकाे हाे ।

इतर पक्षको नेतृत्व महामन्त्री गगन थापा र विश्वप्रकास शर्माले गरेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा हुन लागेको विशेष महाधिवेशनमा सहभागीहरूको नाम दर्ता आज बिहान ८ बजेबाटै सुरू हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेटम सम्मुखमै स्टल राखिएको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको उनले बताए।

विशेष महाधिवेशनलाई संस्थापन पक्षले अबैधानिक भन्दै सहभागी नहुन निर्देशन गरेको छ भने देशभरका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

विशेष महाधिवेशनबाट पार्टी फुटमा जान सक्ने आंकलन गरिएको छ भने आयाेजकहरूले कांग्रेस नफुट्ने र रूपान्तरण हुने दावी गरेका छन् ।