प्रतिनिधिसभाकाे चुनावमा कुन जिल्लामा कति क्षेत्र ?
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपालमा जम्मा १ सय ६५ निर्वाचन क्षेत्र रहेको छ । हिमाली जिल्लामा एक प्रदेश रहेका छन् भने पहाडी जिल्लामा २ वटा सम्म निर्वाचन क्षेत्र रहेका छन् । शहरी इलाका र तराईमा भने दुई भन्दा बढी निर्वाचन क्षेत्र रहेका छन् ।
जनसंख्या र मतदाताकाे संख्याकाे आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियाे जाे हालसम्म कायम छ ।
कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?-
१० निर्वाचन क्षेत्र, १ जिल्ला – काठमाडौं ।
६ निर्वाचन क्षेत्र, १ जिल्ला – मोरङ ।
५ निर्वाचन क्षेत्र, ३ जिल्ला –
झापा, रुपन्देही र कैलाली ।
४ निर्वाचन क्षेत्र, ९ जिल्ला –
सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ।
३ निर्वाचन क्षेत्र, ७ जिल्ला –
ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर ।
२ निर्वाचन क्षेत्र भएका २१ जिल्ला –
इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम ।
१ निर्वाचन क्षेत्र भएका जिल्ला ३५ जिल्ला –
ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला ।




