राष्ट्रिय सभा उमेदवारकाे नामले कांग्रेसमा कलह
राष्ट्रिय सभाकाे उमेदवार सिफारिसमा नेपाली कांग्रेसमा चर्को विवाद देखिएको छ ।
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभामा अन्य दलसँग तालमेल र उम्मेवार चयन गर्ने विषयमा फरक मत राखेका छन्।
उनले एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफूहरूले नलिने स्पष्ट पारे। महामन्त्री थापाले आफूहरूलाई हेप्ने क्रम जारी रहेकाले अब यस्तैगरि पार्टीको काम अघि बढ्न नसक्ने चेतावनी दिए ।
बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकपछि थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको बताए।




