राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्लै लड्ने, अरूकाे भयाे तालमेल

मूलखबर संवाददाता
काठमाडौं, २३ पुस

आगामी राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले एकल उमेदवारी दिने भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र मधेशवादी दलबीच समिकरण बनेकाे छ ।

मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपा/जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो । तर माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन नसकेकाे नेपाली कम्युनिस्ट पार्टी सम्वद्व एक नेताले बताए ।

त्यसपछि बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपा/लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।