मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइयो, मार्च १७ मा अर्को सुनुवाइ

मूलखबर संवाददाता
काठमाडौं, २२ पुस

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो । मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ ।

सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३०० कैदी छन् ।
संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ ।

उनले न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । अदालतमा मादुरोले न्यायाधीशसमक्ष भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ । यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन आधारका रूपमा प्रयोग गरेको बताइएको छ । सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३०० कैदी छन् ।

सुनुवाइका क्रममा मादुरोको खुट्टामा फलामको नेल लगाइएको थियो। उनी र उनकी श्रीमती एउटै टेबलमा बसेका थिए र दुवैले हेडफोन लगाएका थिए ताकि अदालतमा भइरहेको कुरा आफ्नो भाषामा बुझ्न सकून्। न्यायाधीशले दुवै विरुद्ध लगाइएका आरोपहरू पढेर सुनाए।

यसअघि, मादुरोलाई हेलिकप्टरबाट अदालत नजिकैको हेलिप्याडमा ओरालिएको थियो। हेलिकप्टरबाट ओर्लने बित्तिकै उनलाई तुरुन्तै एउटा भ्यानमा हालेर सिधै अदालत लगिएको थियो। मादुरोलाई गत शुक्रबार उनकी पत्नी सिलिया फ्लोरेससँगै भेनेजुएलाबाट पक्राउ गरिएको थियो।

भेनेजुएलामाथिको नाङ्गो हस्तक्षेप पछि विश्वमा दुई खाले विचारहरू आएका छन् । एउटा पक्षले यसको विरोध गरेको छ । यसलाई दोस्रो विश्वयुद्धपछि स्थापित विश्वलाई ‘गभर्न’ गर्ने र सबैले स्वीकार गरेका नियमहरू मिचिएकोले अब त्यो बन्धन चुँडिएको अर्थमा लिइएको छ ।

यसरी विरोध गर्नेमा स्पेन, ब्राजिल, चीन, मलेसिया, मेक्सिको, क्युबा र रूस लगायत छन् । शक्ति हुनेले जे गरे पनि हुन्छ भन्ने मूल्य स्थापित हुनु भनेको विश्वभर आक्रमण, युद्ध र क्षेत्रीय विभाजनको नयाँ सिलसिला सुरु हुनु हो, जुन १९४५ यताका वर्षहरूमा तुलनात्मक रूपमा रोकिएको थियो ।

ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको लामो कहानी छ । संयुक्त राज्य अमेरिका जहिलेदेखि आफू स्वतन्त्र भयो, तहिलेदेखि उसले छरछिमेकमा आँखा गाड्यो । पहिले, सन् १८४८ मा मेक्सिकोबाट टेक्सास, न्यु मेक्सिको, क्यालिफोर्निया, उताह लगायतका क्षेत्रहरू कब्जा गर्‍यो ।

उसले भेनेजुएलामाथि मात्र प्रतिबन्ध लगाएको छैन बरु उससँग व्यापार गर्नेहरूमाथि पनि, भेनेजुएलाको वित्तीय प्रणालीमाथि पनि रोकावट गरेको छ ।