सेयर बजारमा दोहोरो अंकको गिरावट

मूलखबर संवाददाता
काठमाडौं, २० पुस

साताकाे पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेर ४५१ .०७ विन्दुमा पुगेको छ।

कारोबारमा आएकामध्ये ७९ वटा स्टक्सको मूल्य बढ्दा १७१ वटाको घट्यो। ९ स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिए। होटल्स ,मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी १० वटा समूहको उपसूचक घटेका हुन्।

यसदिन ३२३ स्क्रिप्सको १ करोड २ लाख ७४ हजार  १२६ कित्ता सेयर ५ अर्ब १ करोड  ७५ लाख ९७ हजार  २९४ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घटेपनि  दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको  छ।