पुर्व प्रम केपी ओलीलाई पत्र काट्ने आयाेगकाे तयारी, के गर्लान् ओली ?

मूलखबर संवाददाता
काठमाडौं, १७ पुस

गत भदौ ८ गते भएको जेनजी आन्दोलनमा अत्यधिक बल प्रयाेग भएको विषयमा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ।
आयोगले ओलीलाई करिब एक साताको समय दिएर बोलाउने योजना बनाएको छ र उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको जनाएको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।

‘ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ,’ अध्यक्ष कार्कीले भने ।

त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि उनले जानकारी दिए । अध्यक्ष कार्कीले आयोगको कार्यावधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताए ।