मुलुक चुनावमा गयो, विशेष महाधिवेशन हुन सक्दैन : देउवा

मूलखबर संवाददाता
काठमाडौं, १५ पुस

नेपाली कांग्रेसकाे महाधिवेशन फेरी अनिश्चित भएकाे छ । सभापति शेरबहादुर देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पारेका छन्। देउवाले चुनावपछि नै महाधिवेशन उपयुक्त हो भनेर आफूले सुझाव दिएको बताएका हुन्।
पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने देउवाले बताएका छन्।
उनले भने’, ‘मुलुक चुनावमा गयो । यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ। महाधिवेशन हराउनेले चुनाव हराउन लाग्छन्, हराउँछन्।’

कांग्रेसले पुस २७ मा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका सावर्जनीक गरेकाे थियाे । तर कार्यतालिका अनुसार काम नभएकाे भन्दै विशेष महाधिवेशन गर्नुपर्ने दबाब बढेकाे थियाे । महामन्त्री तथा सभापतिका अाकांक्षी हेका गगन थापाले पनि नियमित महाधिवेशन हुन नसक्ने र विशेष महाधिवेशनमा जानुपर्ने बताएका थिए ।